Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रचण्ड

पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रचण्ड

  • शनिवार, आषाढ १६ २०८०

  • 500
    SHARES

  • पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनु भएको छ।

    आज बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सार्थक बनाउने बताउनुभएको हो ।

    माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने बताउँदै उहाँले एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताउनुभयो।
    अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन गरेर माओवादीलाई पुनर्निर्माणमा गर्ने तयारीमा रहेको पनि बताउनु भएको छ।

    उहाँले अहिले सरकारमा रहेर राम्रो गर्न खोजिरहेको भन्दै सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर सफा गर्न लागेको बताउनुभयो। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेको उहाँले बताउनुभयो।


    शनिवार, आषाढ १६ २०८००१:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij