Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोशीका मुख्यमन्त्री कार्कीद्वारा प्रदेश सभामा बजेट अध्यादेश पेश

कोशीका मुख्यमन्त्री कार्कीद्वारा प्रदेश सभामा बजेट अध्यादेश पेश

  • बिहिवार, आषाढ १४ २०८०

  • 678
    SHARES

  • कोशीका मुख्यमन्त्री कार्कीद्वारा प्रदेश सभामा बजेट अध्यादेश पेश
    काठमाडौं । आफू अल्पमतमा परेपछि अध्यादेशमार्फत ल्याइएको कोशी प्रदेशको बजेट मुख्यमन्त्री तथा अर्थमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा पेस गर्नुभएको छ । प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आज आर्थिक वर्ष २०८०/०८१ को बजेटसम्बन्धी अध्यादेश कार्कीले पेस गर्नुभएको हो ।
     
    मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न तय गरिएको अघिल्लो दिन माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि छोटो समय रहेकोले विश्वासको मत लिएर बजेट ल्याउन सम्भव नभएकोले बजेट अध्यादेशमार्फत ल्याएको दाबी गर्नुभएको छ ।
     
    कार्कीले पेस गरेको अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई सभामुखले ७२ घण्टाभित्र सचिवालयमा दर्ता गर्न आह्वान गर्नुभएको छ । अध्यादेश पेस गरेपछि मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत मागिरहनुभएको छ ।।
     


    बिहिवार, आषाढ १४ २०८००३:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij