Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा प्रदर्शन

आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा प्रदर्शन

  • आइतवार, आषाढ २१ २०७७

  • 708
    SHARES

  • आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा प्रदर्शन

    काठमाडौँ । विभिन्न बहानामा आक्रमण हुने गरेको भन्दै चिकित्सकहरुले यसको बिरुद्धमा प्रदर्शन गरेका छन् । झापाको बिर्तामोडस्थित मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि भएको आक्रमणको विरोधमा आइतबार (आज) उनिहरले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

    माइतीघरमा भेला भएका चिकित्सकहरूले कोरोनाको महामारीमा पनि जोखिम मोलेर काम गरिरहेका डाक्टरमाथिको आक्रमण अमानवीय रहेको बताएका छन् ।

    प्रदर्शनमा सहभागी चिकित्सकहरुले डाक्टर भगवान होइन, बुद्धिले भ्याएसम्म काम गर्ने हो, डाक्टरले जानेर गल्ती गर्दैन, तर डाक्टर माथि जाइलाग्ने कार्य बन्द हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।


    माइतीघरबाट नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरिएको थियो । असार ११ गते झापाको मेडिकल हस्पिटलमा कार्यरत मेडिकल अफिसर डा. सुधाकर झामाथि बिरामीका आफन्तहरूले हातपात गरेका थिए ।

    बिर्तामोड नगरपालिका ६, बुट्टाबारीका ८ वर्षीय विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे अस्पताल लगिएको थियो । अस्पतालका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य थियो । डा. झाले बिरामीका आफन्तहरूलाई अस्पतालमा हल्ला नगर्न र मास्क लगाउन भनेका थिए । तर बिरामीका आफन्तले सोही कुरालाई लिएर हातपात गरेका थिए ।


    आइतवार, आषाढ २१ २०७७०२:४७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij