Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

  • बुधवार, आषाढ १३ २०८०

  • 635
    SHARES

  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनु भएको छ। गत असार २ गते स्वास्थ्य उपचारको लागी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका राष्ट्रपति पौडेल ११ दिनपछि आज डिस्चार्ज हुनु भएको हो ।

    मुटुको धड्कनमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका पौडेलको मुटुको अप्रेसन गरी पेसमेकर राखिएको छ। उपचारपछि स्वास्थ्य मा क्रमिक सुधार आएपछी राष्ट्रपति पौडेललाई डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपतिले उपचारमा संलग्न डाक्टर तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    “स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकहरू, ‘कन्सल्टिङ टिम’मा जोडिएका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यप्रति चासो व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ,” कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।


    बुधवार, आषाढ १३ २०८००५:१४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij