Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

पशुपतिनाथको जलहरीमा उद्घाटन गर्नेको नाम हुनु स्वभाविक : महेश बर्तौला

पशुपतिनाथको जलहरीमा उद्घाटन गर्नेको नाम हुनु स्वभाविक : महेश बर्तौला

  • सोमवार, आषाढ ११ २०८०

  • 691
    SHARES

  • पशुपतिनाथको जलहरीमा उद्घाटन गर्नेको नाम हुनु स्वभाविक : महेश बर्तौला

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले आफ्नो पार्टी नेतृत्वको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको आरोप लगाउनुभएको छ । उहाँले पशुपतिनाथको जलहरीमा उद्घाटन गर्नेको नाम हुनु स्वभाविक रहेको पनि बताउनुभयो ।

    संघीय संसद् भवनबाहिर सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा सचेतक बर्तौलाले पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको पनि बताउनुभयो ।

    पशुपतिमा सुनको जलहरीको जाँच गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानु–नजानु भन्नेमा एमालेको सरोकारको विषय नभएको र सरकारले आफ्नो ढंगले काम गर्न पाउने उहाँको धारणा थियो ।

    सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर बस्नु तर्क गर्ने अर्को ठाउँ नपाउनु भएको बताउनुभयो।

     


    सोमवार, आषाढ ११ २०८००७:१७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij