Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेश सांसद खड्का सवार गाडी दुर्घटना

कर्णाली प्रदेश सांसद खड्का सवार गाडी दुर्घटना

  • शनिवार, आषाढ ९ २०८०

  • 802
    SHARES

  • कर्णाली प्रदेश सांसद खड्का सवार गाडी दुर्घटना

    काठमाडौं। कर्णाली प्रदेश सभा प्रदेश मामिला समितिका सभापति एवं नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परी सांसद खड्कासहित नौ जना घाइते भएका छन्।

    कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको रुकुम प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार घाइते हुनेमा चौरजहारी नगरपालिका–७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका छन्।

    गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट तल खसेको भट्टराईले जानकारी दिनुभयो । घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।


    शनिवार, आषाढ ९ २०८००५:१८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij