Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन

आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन

  • शुक्रवार, आषाढ ८ २०८०

  • 723
    SHARES

  • आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई मन्त्री बस्नेतको निर्देशन
    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा यहाँ आजदेखि सुरु भएको आपत्कालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशाला शुभारम्भ गर्दै उहाँले देशमा बाढी पहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगको सङ्क्रमण पनि बढ्ने खतरा रहेकाले सबै स्वास्थ्य संस्थाले आवश्यक औषधि र उपकरणसहित आपत्कालीन उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो।
     
    मन्त्री बस्नेतले भन्नुभयो, ‘आपत्काल कतिबेला आउँछ अन्दाज गर्न सकिँदैन । हाम्रो देशमा हरेक वर्षजसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौं भने उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहँदैन ।’  आपत्कालीन अवस्था आउनुभन्दा पहिले नै हामीले कम्तीमा पनि सम्भावित क्षेत्रमा खाद्यान्न र औषधि उपलब्ध गराउनका लागि सम्भावित क्षेत्रमा औषधि पठाइसकेको उहाँले जानकारी दिनुभयो ।
            
    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले मन्त्रालयले आपत्कालीन अवस्थामा  उपचारका लागि देशका २५ अस्पताललाई ‘हब अस्पताल’ बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।  सातवटै प्रदेशमा आपत्कालीन सेवा केन्द्रमार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकले गरिरहेको डा सिंहले  बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवले आपत्कालीन अवस्थामा  उपचार सेवा नरोकियोस् भन्नेबारे ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


    शुक्रवार, आषाढ ८ २०८००४:१५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij