Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सिटौलाप्रति शेखरको टिप्पणी— उहाँ बैचारिक पनि हैन, निर्णायक पनि हैन

सिटौलाप्रति शेखरको टिप्पणी— उहाँ बैचारिक पनि हैन, निर्णायक पनि हैन

  • सोमवार, आश्विन १२ २०७७

  • 3.1K
    SHARES

  • सिटौलाप्रति शेखरको टिप्पणी— उहाँ बैचारिक पनि हैन, निर्णायक पनि हैन

    काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले पार्टी भित्र तेस्रो धारको रुपमा रहेको पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको समूह निर्णायक र बैचारिक दुवै नभएको टिप्पणी गर्नुभएको छ ।

    पार्टीका सभापति शेरबहादुर देउवाका विरुद्धमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मोर्चाबन्दी गरिरहेका बेला नेता सिटौलाले साथ नदिएको बेला डा. कोइरालालको यस्तो टिप्पणी आएको हो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कोइरालाले भन्नुभयो, “उहाँहरु आफुलाई बैचारिक समूह भन्नुहुन्छ, त्यस्तो हो की होइन, व्यवहारमा देखिन्छ नी ।”

    उहाँले नेता सिटौलालाई धेरै महत्व दिन आवश्यक नभएको आशय व्यक्त गर्दै उहाँले हस्ताक्षर नगर्दैमा केही नहुने तर्क गर्नुभयो ।
    उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “सिटौलाजीले हस्ताक्षर नगर्दैमा केही हुन्छ र ?उहाँले जोसँग सहकार्य गर्न चाहनुहुन्छ, त्यसैसँग गर्न दिउँ न, हामीले किन धेरै चिन्ता लिएको ?”

    नेता सिटौला पार्टी भित्र निर्णायक र प्रभावशाली नभएको पनि डा कोइरालको भनाई थियो । नेता कोइरालाले सिटौलाप्रति नै लक्षित गर्दै कसैकसैलाई बैचारिक समुह हो भन्दै गुट बनाउन मजा आउने र आफु त्यस्तो काममा नरहेको पनि दावी गर्नुभयो ।

    उहाँले काँग्रेसमा आन्तरिक लोकतन्त्र नभएको बताउदै अधिकांश नेताहरुले लोकतन्त्रको आवरणमा व्यक्तिवादी व्यवहार गर्ने गरेको आरोप लगाउनुभयो ।

    नेकपा, काँग्रेस, जनता समाजवादी र राप्रपाको नेतृत्वले महाधिवेशन गर्न नचाहेकाले सवैले मिलेर महाधिवेशनको मिति पछाडी सार्ने आशंका पनि उहाँले व्यक्त गर्नुभयो ।

     

     


    सोमवार, आश्विन १२ २०७७०८:३१:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij