Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चीनको रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ को मृत्यु

चीनको रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ को मृत्यु

  • बिहिवार, आषाढ ७ २०८०

  • 884
    SHARES

  • चीनको रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ को मृत्यु

    काठमाडौं । उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रमा रहेको रेष्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ३१ जना मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्।

    घाइते भएका सात जनाको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

    क्षेत्रीय राजधानी यिनचुआनको जिङकिङ जिल्लाको व्यस्त सडकमा बुधबार राति ८स्४० बजे रेष्टुरेन्टबाट खाना पकाउने ग्यास चुहावटपछि विस्फोट भएको थियो।

    घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनीहरूको अवस्था स्थिर रहेको र सामान्य घाइते भएका एक जना बुधबार राति उपचारपछि अस्पतालबाट बाहिरिएका छन्।

    रेष्टुरेन्टका म्यानेजर, शेयरधनी र कर्मचारीसहित नौ जनालाई सार्वजनिक सुरक्षा निकायले नियन्त्रणमा लिएको छ। नौ जनाको सम्पत्ति रोक्का गरिएको छ।

    मृतकको सनाखतको काम भइरहेको छ। विष्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    बिहिवार, आषाढ ७ २०८००८:५५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij