काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई अझै केही दिन अस्पतालमै राखिने भएको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र पुर्ण रुपमा निको हुन केही दिन लाग्ने भएपछि उहाँलाई अझै केही दिन अस्पतालमै राखिने भएको हो।
ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले स्वास्थ्य अवस्था निगरानीका लागि अझै केही दिन अस्पतालमै राखिने भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँको अवस्था सामान्य भइसकेको छ, तर अब्जरभेसनका लागि अझै एक/दुई दिन अस्पतालमै राख्छौँ ।”
मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा गत मंगलबार पेसमेकर राखिएको थियो । त्यसपछी राष्ट्रपति पौडेल अस्पतालमै उपचाररत हुनुहुन्छ ।