Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादीले केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

माओवादीले केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

  • बिहिवार, आषाढ ७ २०८०

  • 581
    SHARES

  • माओवादीले केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक
    काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
     
    पार्टी केन्द्रीय सदस्यहरूलाई बिहीबार(आज) पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरू समेत सहभागी हुनेछन् ।
     
    बैठकअघि १५ असारभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ ।
     
    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा लेबी बुझाउन बाँकी भएकाले २० प्रतिशत लेबी र २०७८ पुसमा भएको आठौं महाधिवेशनको हिसाब फर्छ्यौट गर्न बाँकी प्रदेशहरूलाई केन्द्रीय समिति बैठक अगाडि हिसाब मिलान गर्न निर्देशन दिइएको छ ।
     
    mao.png


    बिहिवार, आषाढ ७ २०८००२:२६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij