Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस अर्को सत्तागठबन्धन बनाउने चलखेलमा छैन : मीनबहादुर विश्वकर्मा

कांग्रेस अर्को सत्तागठबन्धन बनाउने चलखेलमा छैन : मीनबहादुर विश्वकर्मा

  • बिहिवार, आषाढ ७ २०८०

  • 557
    SHARES

  • कांग्रेस अर्को सत्तागठबन्धन बनाउने चलखेलमा छैन : मीनबहादुर विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफ्नो पार्टी अर्को सत्तागठबन्धन बनाउने चलखेलमा नलागेको बताउनुभएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा नयाँ गठबन्धन बनाउनका लागि नभइ स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको स्पष्ट पार्दै उहाँले यो सरकार नेपाली कांग्रेस आफैंले पहल गरेर बनाएको दाबी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले कांग्रेसका कारण सरकार बदलिने र गठबन्धन टुट्ने कुरा नहुने बताउनुभयो ।

    कांग्रेसलाई सरकारको नेतृत्व गर्न हतारो नभएको पनि विश्वकर्माको तर्क छ । आफू समाजवादी मोर्चा पार्टी नै बनोस् भन्ने पक्षमा रहेको बताउँदै उहाँले कम्युनिस्ट पार्टीहरु फुट्ने र जुट्ने अनुमान धेरैपटक फेल खाएको बताउनुभयो ।

    मोर्चा बनिसकेपछि बजेट असफल हुने र सरकार ढल्ने सम्भावना प्रचण्डले टारेको नेता विश्वकर्माको दाबी छ ।

    अर्को प्रसंगमा नेता विश्वकर्माले बीआरआई सम्झौता नै नभएको पोखरा विमानस्थलबारे भ्रम फैलाइएको आरोप पनि लगाउनुभयो ।


    बिहिवार, आषाढ ७ २०८००८:५८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij