Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अधिकारका लागि एकजुट हुन भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघको अपिल

अधिकारका लागि एकजुट हुन भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघको अपिल

  • आइतवार, आश्विन ११ २०७७

  • 2.3K
    SHARES

  • अधिकारका लागि एकजुट हुन भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघको अपिल

    काठमाडौँ – भूत पूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघले आफूहरुका हक अधिकारका लागि एकजुट हुन सम्पूर्ण भूतपूर्व सैनिक एवं प्रहरीलाई अपिल गरेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णय गरेको भन्दै त्यसको विरोधमा उत्रन महासंघले अपिल गरेको हो।

    महासंघका अध्यक्ष धनबहादुर थापा र महासचिव कुलबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै सरकारले खोसेका आफूहरुका सेवा सुविधा रक्षाको लागि काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरिएको छ। जीवनको बलिदान दिएर इमान्दारीका साथ सेवामा खटिएपछि प्राप्त भएको सेवा सुविधा समेत सरकारले खोस्न थालेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

    ‘सरकारद्वारा सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णयका विरुद्ध र विगतका सरकारद्वारा भूपूहरुको कल्याणकारी योजना सन्चालनका लागि उपभोग को लागि दिएको काठमाडौँ र पोखराको जमिन पनि उपभोग गर्न नपाएको र भारत सरकारबाट दिने भनिएको सुविधा पनि सञ्चालन गर्ने अनुमति नमिलेको र अन्य यस्ता धेरै खाले सेवा सुविधा र हक अधिकारबाट बञ्चित पारिँदै गएको अवस्थामा देशभर मा छरिएर बसोबास गर्ने सम्पूर्ण भूपू र उनका आश्रित परिवारहरु एकजुट भई अगाडि बढ्नुको विकल्प छैन’, विज्ञप्तिमा भनिएको छ ।


    आइतवार, आश्विन ११ २०७७०८:२१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij