Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दुतावासलाई सरकारको निर्देशन : अखण्ड भारतको नक्शाबारे वास्तविकता बुझ्नुस्

दुतावासलाई सरकारको निर्देशन : अखण्ड भारतको नक्शाबारे वास्तविकता बुझ्नुस्

  • मंगलवार, आषाढ ५ २०८०

  • 691
    SHARES

  • दुतावासलाई सरकारको निर्देशन : अखण्ड भारतको नक्शाबारे वास्तविकता बुझ्नुस्

    काठमाडौं । परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले अखण्ड भारत सम्बन्धी नक्शाको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन दिएको बताउनुभएको छ ।

    आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउदले भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारीक धारणा आएको बताउनु भयो।

    उहाँले अखण्ड भारतको नक्शा मुरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्शामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारीक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताउनु भयो।

    मन्त्री साउदले अखण्ड भारतको नक्शाका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पार्नुभयो।

    उहाँले अखण्ड भारतको नक्शा भन्दा पनि चित्र भएको बताउनु भयो। परराष्ट्रमन्त्री साउदले सरकार नेपालको नक्शाको बारेमा स्पष्ट रहेको बताउनु भयो।

    उहाँले नेपालको नक्शा के हो भन्ने कुरा २०७७ असार ४ गते संविधानमा दोस्रो संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्शा समेटेर संविधानको अनुसूचि ३ मा नेपालको निशान छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको बताउनु भयो।

    उहाँले नक्शाका विषयमा हमेसा विवाद बनाइराख्नु उचित नहुने बताउनु भयो। उहाँले इपिजीको प्रतिवेदनमा के लेखिएको छ भन्नेबारे नेपाल सरकारलाई जानकारी नभएको बताउनु भयो।


    मंगलवार, आषाढ ५ २०८००२:५७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij