Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

  • मंगलवार, आषाढ ५ २०८०

  • 693
    SHARES

  • प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

    काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असार ८ गते प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।

    सभाको आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुनेगरी निर्धारण गरेको जानकारी दिनुभयो।

    उहाँले प्रधानमन्त्रीसागको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूणर् सदस्य संख्यालाई वणर्ानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको बताउनुभयो। यो महिना भने समूह १ मा रहेका प्रतिनिधिसभा सदस्यहरुको पालो रहेको उहाँले जानकारी गराउनुभयो।

    प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै(मंगलबार) दिनको ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रुपमा दिन सभामुखले प्रतिनिधिसभा सदस्यहरुलाई आग्रह गर्नुभएको छ।


    मंगलवार, आषाढ ५ २०८०१२:५२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij