Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता

  • सोमवार, आषाढ ४ २०८०

  • 609
    SHARES

  • कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता
    काठमाडौं ।  कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ। प्रदेशको नाम कोशी राखिएकोमा विरोध जनाउँदै परिवर्तनको माग गरेर आन्दोलित पक्षसँग सरकारका प्रतिनिधिले  विराटनगरको विग होटेलमा छलफल गरिरहेका छन्। 
     
    आन्दोलनरत पक्षसँग वार्ता गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति बनाउनुभएको थियो। वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद  सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन्।
     
    पहिचान पक्षधरले पनि आइतबार वार्ता समिति बनाएर छलफल गर्ने निर्णय गरेको थियो। उक्त पक्षबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु वार्ता समितिमा छन्। उनीहरू विभिन्न पार्टी र जातीय संघ संस्थाका प्रतिनिधि हुन्।
     
    गत फागुन १७ गते प्रदेश सभाले प्रदेश १ को नाम कोशी नामाकरण गर्ने प्रस्ताव पारित गरेको थियो। आदिवासी जनजाति बाहुल्य क्षेत्र रहेकाले त्यही पहिचान कायम हुने गरी प्रदेशको नाम राखिनुपर्ने माग आन्दोलन पक्षधरको रहेको छ।


    सोमवार, आषाढ ४ २०८०१०:२८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij