Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा, को कहाँ पुगे ?

गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा, को कहाँ पुगे ?

  • शुक्रवार, आषाढ १ २०८०

  • 1.3K
    SHARES

  • गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा, को कहाँ पुगे ?
    काठमाडौं  । गृह मन्त्रालयले कञ्चनपुरसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।सरुवाको नियमित प्रक्रियाअनुसार सीडीओहरूको सरुवा र पदस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
     
    गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुर र अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ ।
     
    यस्तै, कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याल डोटीमा सरुवा भएका छन् । मकवानपुरका सीडीओ राजेन्द्र पाण्डेलाई सिराहा, डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई नवलपरासी पूर्व सरुवा गरिएको छ ।
     
    यस्तै, सिराहाका सीडीओ भोजराज खतिवडालाई खोटाङ, खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुर, रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
     
    त्यस्तै कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ ।
     
    जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ । काभ्रेको सहायक सीडीओ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।
     
    त्यस्तै काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यालयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौंबाहिर सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, आषाढ १ २०८००५:४०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij