Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

स्टोक्सको कप्तानीमा १३ सदस्यीस्य इंग्ल्यान्ड क्रिकेट टोलीको घोषणा

स्टोक्सको कप्तानीमा १३ सदस्यीस्य इंग्ल्यान्ड क्रिकेट टोलीको घोषणा

  • आइतवार, आषाढ २१ २०७७

  • 860
    SHARES

  • स्टोक्सको कप्तानीमा १३ सदस्यीस्य इंग्ल्यान्ड  क्रिकेट टोलीको घोषणा

    इंग्ल्यान्ड क्रिकेट बोर्डले वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिजका लागि १३ सदस्यीय टोलीको घोषण गरेको छ । बोर्डले शनिबार बेन स्टोक्सको कप्तानीमा १३ सदस्यीस्य क्रिकेट टोलीको घोषणा गरेको हो ।

    टोलीमा स्टार खेलाडी जोनी बेयरस्टो र मोइन अलीलाई समावेश गरेको छैन । इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको तीन खेलको टेस्ट सिरिजको पहिलो खेल आठ जुलाईमा हुनेछ ।

    इंग्ल्यान्ड बोर्डका अनुसार सिरिजका दौरान १३ सदस्यीय टोलीबाहेक रिजर्वमा रहेका अन्य नौ खेलाडी पनि मैदानमा टोलीसँगै रहने छन् । यस खेलमा नियमित कप्तान जोए रूटबिना इंग्ल्यान्ड टोली मैदानमा उत्रिनेछ । परवारिक समस्यका कारण रूट यस प्रतियोगितामा उपस्थित नहुने बोर्ड बताएको छ । उनको स्थानमा कप्तानी उपकप्तान बेन स्टोक्सले निभाउने छन् ।

    यस प्रतियोगिताका दौरान दुवै टोलीले मैदानमा ब्लाक लाइफ म्याटर्स अंकित लोगो प्रयोग गर्ने भएका छन् । विश्वभर भइरहेको रंगभेदविरुद्धको अत्याचारको विरोमा दुवै टोलीले उक्त लोगो प्रयोग गर्ने जनाइएको हो ।


    आइतवार, आषाढ २१ २०७७०१:३८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij