Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेश : ३३ अर्ब ३७ करोड ९७ लाख बजेट विनियोजन

कर्णाली प्रदेश : ३३ अर्ब ३७ करोड ९७ लाख बजेट विनियोजन

  • शुक्रवार, आषाढ १ २०८०

  • 550
    SHARES

  • कर्णाली प्रदेश : ३३ अर्ब ३७ करोड ९७ लाख बजेट विनियोजन
    काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको छ। शुक्रबार(आज) भएको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आर्थिक वर्ष २०८०र०८१ को बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो।
     
    कुल विनियोजनमध्ये प्रदेशले खर्च गर्ने चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६।९७ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रुपैयाँ अर्थात् ५८.६५ प्रतिशत विनियोजन गरिएको छ। साथै स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार रुपैयाँ अर्थात् १४.२८ प्रतिशत विनियोजन गरेको छ।
     
    कर्णाली प्रदेशको विगत पाँच वर्षको कुल बजेट १ खर्ब ३३ अर्ब ९४ करोड ४७ लाख ४२ हजार प्रस्तुत भएको थियो। बजेटको संरचना हेर्दा चालुतर्फ ३६.७९ प्रतिशत र पुँजीगत तर्फ ६३.२१ प्रतिशत विनियोजन भई सो विनियोजनको चालुतर्फ ६०.१४ प्रतिशत र पुँजीगततर्फ ५२.५९ प्रतिशत खर्च भई समग्रमा ५५.३७ प्रतिशत खर्च भएको छ।
     
    आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४८.१० प्रतिशत र पुँजीगततर्फ ३४.६१ प्रतिशत खर्च भई समग्रमा ४०.१२ प्रतिशत खर्च भएको छ। यो गत वर्षको यसै अवधिको खर्चभन्दा ९.९२ प्रतिशत बढी हो ।


    शुक्रवार, आषाढ १ २०८००५:२६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij