Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

  • मंगलवार, जेठ ३० २०८०

  • 586
    SHARES

  • लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

    दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभा बैठकमा दुई दिन छलफल भएको नीति तथा कार्यक्रम मंगलबार बसेको दोस्रो अधिवेशनको दसौं बैठकले बहुमतले पारित गरेको हो।

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सभासमक्ष आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गर्नुभएको हो । सभामुख तुलाराम घर्तीले सो प्रस्ताव सदनसमक्ष निणर्यार्थ पेश गर्नुभएको थियो। ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ।

    नीति तथा कार्यक्रमको विषयमा सदनमा व्यापक छलफल र चर्चा भएको छ।सत्तापक्षका सांसद नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ताबाहिर रहेका दलका सांसद भने चर्को आलोचनामा उत्रिएका थिए ।

    नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो।


    मंगलवार, जेठ ३० २०८००७:५५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij