Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य : अस्पताल

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य : अस्पताल

  • मंगलवार, जेठ ३० २०८०

  • 583
    SHARES

  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य : अस्पताल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको हो।

    राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना भएको उल्लेख गर्दै अस्पतालले २४ घण्टा अवलोकनमा राखी भोलिसम्म डिस्चार्ज गरिने जनाएको छ।

    मुटुमा समस्या देखिएपछि पौडेलललाई गंगालाल लगिएको थियो। सो क्रममा राष्ट्रपति पौडेललाई भर्ना गरिएको छ।

    राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि इनजीओग्राम गरिएको छ। राष्ट्रपतिका निजि चिकित्सक निरज बमले नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।

    राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फको ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ। गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको चिकित्सकको टोली पौडेलको उपचारमा संलग्न छ।


    मंगलवार, जेठ ३० २०८००७:३३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij