काठमाडौं ।सत्याग्रही डा. गोविन्द के.सी.को मागलाई समर्थन गर्दै युथ कांग्रेस नेपालले देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गरेको छ।
आफ्नो प्रदेश र जिल्ला संयोजकको नेतृत्वमा “म पनि गोविन्द के.सी.” भन्दै डा.गोविन्द केसीको सत्याग्रहमा समर्थन जनाउदै युथ कांग्रेसले प्रदर्शन गरेको हो ।
साथै सरकारलाई सडकबाटै डा. केसीको मुद्दामा सरकारको ध्यानाकर्षण गराउने कार्यक्रमहरु पनि युथ कांग्रेस नेपालले गर्दै आएको छ।
डा. केसीको माग सम्वोधन नहुदासम्म युथ कांग्रेसको प्रदर्शन जारी नै राख्ने महामन्त्री महेश दुलालले जानकारी दिनुभयो ।
प्रदर्शनका क्रममा कोरोना महामारीलाई मध्यनजर गरी स्वास्थ्यको सम्पूर्ण मापदण्ड पालना गरि, सामाजिक दुरी कायम गरिएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।