Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आगामी आर्थिक वर्षका लागि मधेश सरकारले करिब ३५ अर्बको बजेट ल्याउँदै

आगामी आर्थिक वर्षका लागि मधेश सरकारले करिब ३५ अर्बको बजेट ल्याउँदै

  • मंगलवार, जेठ ३० २०८०

  • 599
    SHARES

  • आगामी आर्थिक वर्षका लागि मधेश सरकारले करिब ३५ अर्बको बजेट ल्याउँदै

    काठमाडौं । असार १ मा आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट ल्याउन अरु प्रदेशमा जस्तै मधेशमा पनि अन्तिम तयारी भइरहेको छ।

    अर्थमन्त्री सञ्जयकुमार यादव र अर्थसचिव प्रेमप्रसाद भट्टराईलाई बजेट बनाउन भ्याइनभ्याइ छ। ‘अहिले सबै काम छाडेर बजेट बनाउनमै व्यस्त छौं’ अर्थमन्त्री यादवले भन्नुभयो ।’

    आगामी आर्थिक वर्षका लागि मधेश सरकारले करिब ३५ अर्बको बजेट ल्याउँदैछ। अर्थ मन्त्रालयका सचिव भट्टराई प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब अनुदान गरी करिब ३५ अर्बको बजेट आउने बताउनुहुन्छ ।

    मधेश सरकारले चालु आर्थिक वर्ष २०७९–८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

    संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरेपछि बजेटको आकार घट्न लागको सचिव भट्टराईको भनाइ छ। दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धिदर हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको प्रभावकारी परिचालनमा बजेट केन्द्रित हुने मधेश सरकारको भनाइ छ।

    मधेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २६ जेठमा प्रदेशसभाबाट पारित भइसकेको छ।


    मंगलवार, जेठ ३० २०८००२:१४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij