Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

सवै लोकतन्त्रवादीलाई समेट्न सक्नेलाई मात्र काँग्रेसको नेतृत्वमा ल्याउनुपर्छ : सिटौला

सवै लोकतन्त्रवादीलाई समेट्न सक्नेलाई मात्र काँग्रेसको नेतृत्वमा ल्याउनुपर्छ : सिटौला

  • आइतवार, आश्विन ११ २०७७

  • 984
    SHARES

  • सवै लोकतन्त्रवादीलाई समेट्न सक्नेलाई मात्र काँग्रेसको नेतृत्वमा ल्याउनुपर्छ : सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले‘सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ठोस कदम चाल्नुको सट्टा लकडाउन लगाउने र खोल्ने बाहेक केही गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

    प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सचिव डा. विष्णु पोखरेलको संयोजकत्वमा आयोजित कार्यक्रममा नेता सिटौलाले कोरोना नियन्त्रणका लागि केन्द्र सरकार पुरै असफल रहेको दावी गर्नुभयो ।

    सिटौलाले सत्ताको वागडोर सम्हालिरहका ब्यक्तिले जनताको सेवक नभइ आफुलाई शासकको रुपमा प्रस्तुत गरेको भन्दै राज्य सञ्चालकले सवैधानिक निकाय र कतिपय राज्यका स्वतन्त्र अंगहरुलाई कब्जामा लिने प्रयास गरेको आरोप लगाउनु भयो ।

    नेता सिटौलाले संविधानमा उल्लेख भएअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनु पर्नेमा एउटै पार्टीले कब्जा गर्ने चेष्ट गरिरहेको धारणा राख्नुभयो ।

    उहाँले संवैधानिक परिषद्को सदस्यमा उपसभामुख पनि हुने कानुनी ब्यवस्था रहेको र उपसभामुख निर्वाचित नहुदाँ संवैधानिक परिषद् पनि अपूर्ण रहेको तर्फ दलहरुको ध्यानाकर्षण गराउनु भयो ।

    नेकपा नेतृत्वको सरकारले संवैधानिक ब्यवस्था असफल पार्दै कानुनी राज्यकै उपहास हुने गरी गतिविधि सञ्चालन गरेको र राज्य व्यवस्थाको चरम दुरुपयोग गरिरहेको आरोप नेता सिटौलाले लगाउनु भयो ।

    नेकपा सरकार राज्य संञ्चालनमा पुरै असफल भैरहेका बेलापनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत जनताका आवाज पर्याप्त रुपमा उठाउन नकसेको स्विकार गर्नुभयो ।

    उहाँले सत्ता पक्षले संविधानलाई कुल्चेर संविधानलाई विफल बनाउने षडयन्त्रमा लागेको भन्दै संविधानलाई बचाउने र आवश्यकता अनुसार संशोधन गर्दै अगाडि बढाउने दायित्व काँग्रेसकै रहेको बताउनुभयो ।

    काँग्रेसमा ठूलो परिवर्तनको आवश्यकता रहेको भन्दै सिटौलाले सवै लोकतन्त्रवादी शक्तिलाई एक ठाउँमा ल्याउन सक्ने नेतृत्व आउनु पर्नेमा जोड दिनुभयो ।

    पछिल्लो समय राजनीतिमा पैसावाला र पावरवाला मानिस छिराउने होडबाजी चलेको टिप्पणी गर्दै उहाँले पार्टीहरू परिवारवाला, पैसावाला र पावरवालाको कब्जामा पुगेको बताउनुभयो ।

    उहाँले समानुपातिक र समावेशिताको व्यवस्थालाई नेताहरुले चरम दुरुपयोग गर्दै परिवार, पैसावाला र पावरवाला छिराउने माध्यम बनेको टिप्पणी गर्नुभयो ।

    संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रममा संविधानविद् डा. विपिन अधिकारी र पुर्णमान शाक्यले संविधानका विविध आयामका बारेमा चर्चा गर्नुभएको थियो ।

    कार्यक्रममा प्राध्यापक संघका केन्द्रीय अध्यक्ष प्रा डा बुद्ध ब थापा, संघका त्रिविका अध्यक्ष प्रा डा बसन्त ढकाललगायतका प्राध्यापकहरुले संविधान र राज्य सञ्चालनको अवस्थाका बारेमा समिक्षा गर्नुभएको थियो ।

     

     


    आइतवार, आश्विन ११ २०७७०९:४१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij