काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ । आज मध्यान्हः १२ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन् ।
सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आज आइतबार आकस्मिक बैठक बोलाईएको छ ।
तर आज प्रधानमन्त्रीले आकस्मिक रुपमा बैठक वोलाउनु भएको छ । ती मन्त्रीले भने, राति खबर आएको छ । प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला।’
गत आइतबार नेकपा सचिवालयमा मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा छलफल भएकाले आजको बैठकमा यही विषयमा छलफल हुनसक्ने बताईएको छ । अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने भएकोे छ ।