Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी

  • शुक्रवार, जेठ २६ २०८०

  • 761
    SHARES

  • प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी

    काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ।

    संसदीय सुनुवाइ समितिले शुक्रबार (जेठ २६ गते)सम्म प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन भनेको थियो। निर्धारित समयभित्र २९ वटा उजुरी प्राप्त भएको सुनुवाइ समितिको सचिवालयले जनाएको छ ।

    ५ वटा इमेलबाट बाँकी व्यक्ति स्वयम उपस्थित भएर सुनुवाइ समितिमा उजुरी दिएका हुन्। उजुरीकर्ताहरुमा ६ जना कानुन व्यावसायी छन्। बहालवाला न्यायाधीशले समेत कार्कीविरुद्ध उजुरी दिएका छन्।

    बहालवाला न्यायाधीश श्रीकृष्ण भट्टराई, अधिवक्ताहरु यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठ, अभियन्ता रतन भण्डारीलगायतले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिनुभएको छ। अधिकांश उजुरीमा कार्कीको दलीय आवद्धता रहेको आरोप लगाइएको छ।

    कार्की प्रधानन्यायाधीश भएको खण्डमासमेत असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने भएकाले रोक्नुपर्ने कतिपयको माग छ। सेवानिवृत्त भएपछि पूर्वप्रधानन्यायाधीशलाई राज्यबाट पाउने करोडौँको गाडी, पेन्सन, सुरक्षाकर्मीजस्ता सुविधाको लोभले कार्की त्यो पदमा जान खोजेको आरोप पनि कतिपयको छ।

    कार्कीलाई १५ वैशाख २०८०मा बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संवैधानिक परिषदको कार्यालयले सुनुवाइका लागि २७ वैशाखमा संसद सचिवालयमा पठाएको थियो। ढिलो गरी संसदीय सुनुवाइ समिति गठन भएकाले उहाँको सुनुवाइमा पनि ढिलाइ भएको हो।

    कार्कीविरुद्धको उजुरी खोल्नका लागि आगामी आइतबार सुनुवाइ समितिको बैठक बोलाउने तयारी छ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको खण्डमा कार्की छोटो अवधिका लागि प्रधानन्यायाधीश हुनेछन्। ६५वर्षे उमेरहदका कारण आगामी २० साउनमा उनी अवकाशमा जानेछन्।


    शुक्रवार, जेठ २६ २०८००७:४८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij