Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिलाई नेकपा नेताहरुले भने, ‘महाअभियोगबारे कुनै छलफल भएको छैन, गलत सूचनाको प्रभावमा नपर्नुस्’

राष्ट्रपतिलाई नेकपा नेताहरुले भने, ‘महाअभियोगबारे कुनै छलफल भएको छैन, गलत सूचनाको प्रभावमा नपर्नुस्’

  • आइतवार, आषाढ २१ २०७७

  • 1.2K
    SHARES

  • राष्ट्रपतिलाई नेकपा नेताहरुले भने, ‘महाअभियोगबारे कुनै छलफल भएको छैन, गलत सूचनाको प्रभावमा नपर्नुस्’

    काठमाडौं । नेकपाका शीर्षनेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भेटवार्ता गरेका छन् । शीतलनिवासमा भएको भेटमा नेताहरुले अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिमाथि षड्यन्त्र भइरहेको बताउनुभएको थियो । शीतलनिवासबाट फर्केर प्रधानमन्त्रीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो ।

    त्यसक्रममा प्रधानमन्त्रीले आफूसहति राष्ट्रपतिमाथि षडयन्त्र भइरहेको बताउनुभएको थियो । प्रधानमन्त्रीको यस्तो आरोपछि आइतबार (आज) नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल शीतलनिवास पुगेका हुन् ।

    प्रधानमन्त्री ओलीले पार्टीको विवादमा राष्ट्रपतिलाई समेत तानेपछि आइतबार यसबारे स्पष्ट पार्न नेकपाका शीतलनिवास पुगेका हुन् । नेकपाका शीर्ष नेताहरुले कुनै पनि गलत सूचनाको प्रभावमा नपर्न र उत्तेजना बढाउनेखालका क्रियाकलापहरुमा विश्वास नगर्न राष्ट्रपतिलाई आग्रह गरेको स्रोतको भनाइ छ ।

    प्रचण्डनिवासमा खुमलटारमा नेकपाका सचिवालय सदस्यहरुले वकिललाई समेत बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउनेबारे छलफल गरेको प्रधानमन्त्री ओलीको आरोप छ । प्रधानमन्त्रीले शनिबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत यही सूचना सुनाउनुभएको थियो ।

    प्रचण्डनिवासमा वकिलहरुलाई समेत बोलाएर छलफल गरिएको तर, महाअभियोगका बारेमा नभई अध्यादेशका बारेमा मात्र छलफल भएको नेताहरुले राष्ट्रपतिलाई स्पष्ट पारेका छन् ।


    आइतवार, आषाढ २१ २०७७०१:२५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij