Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कृष्ण रेउले भन्दैछन्, ‘आमा बाँचे भने आउँला’ (भिडियोसहित)

कृष्ण रेउले भन्दैछन्, ‘आमा बाँचे भने आउँला’ (भिडियोसहित)

  • शनिवार, आश्विन १० २०७७

  • 1.8K
    SHARES

  • कृष्ण रेउले भन्दैछन्, ‘आमा बाँचे भने आउँला’ (भिडियोसहित)

    काठमाडौं । गायक कृष्ण रेउलेको आवाजमा रहेको दशैँ तिहार गीत ‘बाँचे भने आउँला’ सार्वजनिक भएको छ । गायक रेउलेकै शब्द–संगीत रहेको उक्त गीतमा परदेशीको पीडालाई समेटिएको छ ।

    भिडियोमा निकै मार्मिक र यथार्थपरक भोगाइहरुलाई समेटिएको छ । गीतमा देशप्रेमसमेत देखाइएको छ । भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।

    भिडियोमा निर्देशक दवेन्द्रसँगै हिउँवाला गौतम र एलिना ठकुरीको अभिनय देख्न सकिन्छ ।

    अनिलकृष्ण मानन्धरको छायांकन रहेको यस गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

    गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नै अफिसियल युट्युव च्यानलमार्फत प्रकाशनमा ल्याएको हो ।


    शनिवार, आश्विन १० २०७७०५:३८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij