Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले संसदलाई ढाट्नुभयो, के भने त्यस्तो ?

प्रधानमन्त्रीले संसदलाई ढाट्नुभयो, के भने त्यस्तो ?

  • सोमवार, जेठ २२ २०८०

  • 393
    SHARES

  • प्रधानमन्त्रीले संसदलाई ढाट्नुभयो, के भने त्यस्तो ?

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमि साटफेर गर्ने भन्दै दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको बताएको छ ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई भूमि साटफेर गर्ने अधिकार कसले दियो ? भनेर प्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले रोष्ट्रममा उभिएर सिंगो देश र सदनलाई ढाँट्नुभयो, झूट बोल्नुभयो । उहाँले भनेकै विषयमा हामीले हिजैदेखि विषयवस्तु राखेका थियौं । उहाँले अन्तर्वार्ताको क्रमममा नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानीलगायत विषयलाई सट्टपट्टा गर्न सकिने अभिव्यक्ति दिनुभयो । यो हामीले भनेका होइनौं प्रधानमन्त्रीको मुखबाट आएको विषय हो । नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो ?’

    नेपालको संविधानअनुसार राष्ट्रहितविरुद्धको अभिव्यक्ति भएकाले दण्डनीय भएको बताउनुभयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आफूले भूमि साटफेरको विषयमा कहीँ नभनेको प्रष्टीकरण दिनुभएको थियो ।


    सोमवार, जेठ २२ २०८००२:२७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij