Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

  • बिहिवार, जेठ १८ २०८०

  • 2.0K
    SHARES

  • नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

    वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले आज नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गर्नुभएको हो ।

    रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।

    वरिष्ठ अधिवक्ता भण्डारीका अनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन माग भएको हो ।

    नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश माग गरिएको उहाँले जानकारी दिनुभयो।


    बिहिवार, जेठ १८ २०८०१२:४६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij