Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद ढकाललाई

औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद ढकाललाई

  • बुधवार, जेठ १७ २०८०

  • 626
    SHARES

  • औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद ढकाललाई

    काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुनः नारायणप्रसाद ढकालले पाउनुभएको छ ।

    स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी दिनुभएको हो । योसँगै ढकालले महानिर्देशको रुपमा चौथो पटक विभागको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ ।

    मन्त्री बस्नेतले ढकाललाई विभागको महानिर्देशक बनाउँदा, त्यहाँ महानिर्देशक रहेका भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिनुभएको छ । ढकाल लामो समय उपेक्षामा पर्दै आउनुभएको थियो । जुनियरलाई जिम्मेवारी दिएर सिनियरलाई जगेडा राख्ने कार्यको मन्त्री बस्नेतले अन्त्य गर्नुभएको छ ।

    फार्मेसी समूह तर्फ एघारौँ तहको दरबन्दी विभाग र प्रयोगशालामा मात्रै रहेको छ । यसअघि पनि ढकाल र भट्टराईलाई त्यहाँको जिम्मेवारीमा खटाइएको थियो । तर दुवै जनाले त्यहाँको जिम्मेवारी लिन अनिच्छुक देखिदै आएका थिए ।

    851e1c203055df7a75a249c7a088cb4b.jpg

    ढकालले विभागको महानिर्देशकको जिम्मेवारी पाएको पत्र आफूले बुझिसकेको जानकारी दिनुभयो । ‘मैले पत्र बुझीसकेको छु, उहाँले भन्नुभयो।

    विभागमा १४ माघ २०७८ देखि भट्टराई महानिर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो । यता, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. श्री अधिकारीलाई र डा. अनुज भट्टचनलाई राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा नियुक्त गरिएको छ ।

    भट्टचन यसअघि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव हुनुहुन्थ्यो ।

     


    बुधवार, जेठ १७ २०८००४:४५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij