Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नागरिकता विधेयक प्रमाणिकरणले राष्ट्र दुई ध्रुवमा विभाजित : योगेश भट्टराई

नागरिकता विधेयक प्रमाणिकरणले राष्ट्र दुई ध्रुवमा विभाजित : योगेश भट्टराई

  • बुधवार, जेठ १७ २०८०

  • 724
    SHARES

  • नागरिकता विधेयक प्रमाणिकरणले राष्ट्र दुई ध्रुवमा विभाजित : योगेश भट्टराई

    काठमाडौं । नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताउनुभएको छ ।

    अघिल्लो कार्यकालको संसदमा उत्पत्ति भएका विधेयक त्यही कार्यकालसँगै निष्क्रिय हुने भएकाले राष्ट्रपतिले संविधानकै उल्लङ्घन गरेको भट्टराईले बताउनुभयो ।

    नागरिकता जस्तो संवेदनशील विषयमा सहमतिको आधारमा अगाडि बढाइनुपर्ने भट्टराई बताउनुहुन्छ। ‘नागरिकता संवेदनशील विषय हो, त्यसैले राष्ट्रिय सहमति हुनुपर्थ्यो’ भट्टराई भन्छन् ।

    तर राष्ट्रपति पौडेललाई राष्ट्रलाई दुई ध्रुवमा विभाजित गरेको आरोप भट्टराईले लगाउनुभयो। ‘संविधानको धारा ६१ र ६६ बमोजिम प्रमाणीकरण भनेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन समेत भएको छ’, सचिव भट्टराईले भन्नुभयो ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कने दिन प्रमाणीकरण हुनुले अर्को आशंका सिर्जना भएको भट्टराईले बताउनुभयो ।

     


    बुधवार, जेठ १७ २०८००२:४६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij