Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

फ्रान्सको पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार, दुईजना गम्भीर घाइते

फ्रान्सको पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार, दुईजना गम्भीर घाइते

  • शनिवार, आश्विन १० २०७७

  • 1.1K
    SHARES

  • फ्रान्सको पेरिसमा अन्धाधुन्ध चक्कु प्रहार, दुईजना गम्भीर घाइते

    एजेन्सी । फ्रान्सको पेरिसमा व्यंग्य पत्रिका सार्ली एब्डोको पूर्व कार्यालय नजिकै एक व्यक्तिले चक्कु प्रहार गर्दा दुईजना गम्भीर घाइते भएका छन् ।

    फ्रान्सका आन्तरिक मामिला मन्त्री गेराल्ड डार्मानिनले सो आक्रमणलाई आतंकवादी आक्रमणका रुपमा लिइएको बताएका छन् । स्पष्ट रुपमा घटना इस्लामिक आतंकवाद जस्तो देखिने उनले बताएको बिबिसीले जनाएको छ ।

    पाकिस्तानी मूलका १८ वर्षे युवा मुख्य आक्रमणकारी रहेको स्थानीय प्रहरीले जनाएको छ । ती युवा पक्राउ गरेका छन् । यस्तै अरु ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

    स्थानीय टेलिभिजनको उत्पादन टिममा काम गर्ने महिला र पुरुषमाथि चक्कु प्रहार भएको हो । सन् २०१५ मा सार्ली एब्डोमा भएको आक्रमणमा १२ जनाको ज्यान गएको घटनालाई लिएर दुई आतंककारीलाई सहयोग गरेको अभियोगमा १४ जनाविरुद्ध मुद्दाको सुनुवाई जारी रहेका बेला आक्रमण भएको हो ।


    शनिवार, आश्विन १० २०७७०७:११:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij