Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

आज काठमाडौं उपत्यकाका ५ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने

आज काठमाडौं उपत्यकाका ५ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने

  • शनिवार, आश्विन १० २०७७

  • 1.3K
    SHARES

  • आज  काठमाडौं उपत्यकाका ५ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने

    काठमाडौं । आज (शनिबार) काठमाडौं उपत्यकाका ५ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार विशेष गरी ललितपुर जिल्लाका ५ फिडरमा लोड स्थानान्तरण गरिने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

    नेपाल विद्युत प्राधिकरणले आज गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल–२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने जनाएको छ ।

    प्राधिकरणले यी फिडरहरुको विद्युतीय लोड नयाँ फिडरमा स्थानान्तरण गरिने जनाएको छ । शनिबार लोड स्थानान्तरण गर्दा मौसम प्रतिकूल भएमा अर्को दिन सोही समयमा स्थानान्तरण गरिने प्राधिकरणको भनाइ छ ।


    शनिवार, आश्विन १० २०७७०६:५१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij