काठमाडौं । सरकारले अध्यापन अनुमति पत्रको लागि अब शिक्षा संकायको अनिवार्यता खारेजी गर्ने कानुन बनाउने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार(आज) संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त कुरा बताउनुभएको हो।
‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मेलित हुन पाउने कानुनी व्यवस्था मिलाइनेछ,’ बजेटमा उल्लेख छ।
यसअघि केही प्राविधिक विषयबाहेक अनुमति पत्रका लागि शिक्षा संकायको अध्ययन अनिवार्य थियो।