Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images
बजेट भाषण

सूचना प्रविधिमा विदेशी लगानीको न्यूनतम सीमा हट्ने

सूचना प्रविधिमा विदेशी लगानीको न्यूनतम सीमा हट्ने

  • सोमवार, जेठ १५ २०८०

  • 315
    SHARES

  • सूचना प्रविधिमा विदेशी लगानीको न्यूनतम सीमा हट्ने
    काठमाडौं । सरकारले सूचना प्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ। संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्दै क्षेत्रगत सीमा तोक्ने बताउनुभयो ।
     
    यस्तै सूचना प्रविधिमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाउने बताउनुभएको हो। सूचना प्रविधि सेवा निर्णीत गर्ने उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय खोल्न र सफ्टवेयर वा कार्यक्रम खरिद र उपकरण खरिद गर्न उद्योगले गरेका विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही गर्न दिने उहाँले बताउनुभयो ।
     
    यस्तै प्रचलित कानुन अनुसार अनुमति लिनुपर्ने उद्योग बाहेक विदेशी लगानी खुला गरिएका उद्योगमा लगानी भित्र्याउन स्वचालित प्रक्रियाबाट स्वीकृति दिने उहाँले बताउनुभयो। विदेशी लगानीबाट आर्जित आय पुनः लगानीमा स्वीकृत नचाहिने व्यवस्था गर्ने उहाँले बताउनुभयो ।


    सोमवार, जेठ १५ २०८००५:४४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij