Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अब एसिड हान्नेलाई २० वर्ष जेल!

अब एसिड हान्नेलाई २० वर्ष जेल!

  • शुक्रवार, आश्विन ९ २०७७

  • 1.4K
    SHARES

  • अब एसिड हान्नेलाई २० वर्ष जेल!

    काठमाडौँ – सरकारले एसिड प्रहार गर्नेलाई २० वर्षसम्म कैद हुने गरी मुलुकी अपराध संहिता २०७४ को व्यवस्था संशोधन गरेको छ। अब तेजाब हान्नेलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने छ।

    एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको हो। एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।

    नयाँ कानुनमा आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ ।

    एसिड आक्रमण पीडितको दुवै आँखा जली वा क्षति भई पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सुन्ने शक्ति पुर्णरुपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलगाग्ने भएमा, अनुहार पुर्णरुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुवै स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यसतो गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने छ।

    यसैगरी कसैको एउटा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भएमा दोषीलाई १० वर्षदेखि २० वर्षसम्म कैद र सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने छ।

    शरीरको अन्य अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम पाँचदेखि १० वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने छ।

    यसैगरि तेजाब आक्रमणका पीडितको तत्काल मृत्यु नभएपनि त्यही कारणले पछि मृत्यु भएमा त्यसलाई कर्तव्य ज्यानको कसुर गरेको मानिने र जन्मकैदसम्मको सजाय हुने व्यवस्था गरिएको छ।

     


    शुक्रवार, आश्विन ९ २०७७०४:५२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij