Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘नेपाली पात्रो’सँग सहकार्य कसरी गर्ने ?

‘नेपाली पात्रो’सँग सहकार्य कसरी गर्ने ?

  • शनिवार, जेठ १३ २०८०

  • 1.4K
    SHARES

  • ‘नेपाली पात्रो’सँग सहकार्य कसरी गर्ने ?

    काठमाडौं। नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ लाखौ नेपाली माझ चर्चित एप्स हो। नेपाली पात्रोले पात्रो मात्र नभएर देशभरका विभिन्न नेपालि रेडियोहरु तथा अन्य डिजिटल मिडियाहरुसंग सहकार्य गर्दै संसारभर छरिएर रहेका नेपालीहरुलाई आ–आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसंग अपडेट बस्न सजिलो बनाएको छ।

    सो कार्यको लागि कुनै पनि मिडिया र रेडियोले नेपालि पात्रोसंग सजिलै सहकार्य गर्न सक्नेछन्। मिडिया र रेडियोले नेपाली पात्रोको मिडिया म्यनाजर आशिस कार्कीसंग सम्पर्क गरि सहकार्य गर्न सक्नेछन्। बिगत १० बर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मिडियासंग नजिक रहेका कार्कीले नेपाली रेडियोलाई डिजिटल प्रबिधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

    नेपाली पात्रो एप (Nepali Patro)नेपालको पहिलो कम्यूनिटी एप हो। यो एपमा नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा शुभ साइतको बिस्तृत विवरण, तपाइको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल, स्थानीय, रास्ट्रीय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरु, विदेशी विनिमय दर, सुन चादीको दर रेट, मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा लगायत अन्य धेरै सुविधाहरु छन्।

    नेपाली तथा अंग्रेजी भाषा सहितको नेपालका महत्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार श्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो ।

     


    शनिवार, जेठ १३ २०८००४:०३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij