Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

श्रेष्ठले राजीनामा दिएपछि प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा बुढाथोकी

श्रेष्ठले राजीनामा दिएपछि प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा बुढाथोकी

  • शुक्रवार, आश्विन ९ २०७७

  • 744
    SHARES

  • श्रेष्ठले राजीनामा दिएपछि प्रेस काउन्सिल कार्यवाहक अध्यक्षमा बुढाथोकी

    काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् भने उनकाे ठाउँमा गोपाल बुढाथोकी चयन भएका छन् ।

    आज (शुक्रबार) श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा कार्यवाहक अध्यक्षमा  बुढाथोकीलाई चयन गरिएकाे जानकारी दिइएकाे छ । 

    साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् । काउन्सिलको एक कार्यकाल ४ वर्षको हुने व्यवस्था छ ।

    कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहने छन् । श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।


    शुक्रवार, आश्विन ९ २०७७०२:४६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij