Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भुटानी शरणार्थी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन रास्वपाको माग

भुटानी शरणार्थी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन रास्वपाको माग

  • बुधवार, जेठ १० २०८०

  • 661
    SHARES

  • भुटानी शरणार्थी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन रास्वपाको माग

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने सो पार्टीको माग छ ।

    आजको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भन्नुुभयो, यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने हुन्छ ।’

    प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ-आफ्नो स्थानबाट उठेपछि सभामुखले देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भन्नुभएको थियो ।

    तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोल्नु भएको थियो ।

    दिनदहाडै बालुवाटारमा, सिंहदरबारमा र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै लामिछानेले नाम मुछिएका सबैलाई छानविनको दायरामा ल्याउन माग गर्नुभयो।


    बुधवार, जेठ १० २०८०१२:३८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij