Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जर्जियन एयरवेजद्वारा आफ्नै राष्ट्रपतिलाई उडानमा प्रतिबन्ध

जर्जियन एयरवेजद्वारा आफ्नै राष्ट्रपतिलाई उडानमा प्रतिबन्ध

  • मंगलवार, जेठ ९ २०८०

  • 452
    SHARES

  • जर्जियन एयरवेजद्वारा आफ्नै राष्ट्रपतिलाई उडानमा प्रतिबन्ध

    काठमाडौं। युरोपेली देश जर्जियाको राष्ट्रिय वायुसेवा कम्पनी जर्जियन एयरवेजले आफ्नै राष्ट्रपतिलाई उडानमा प्रतिबन्ध लगाएको छ। जर्जियाको राष्ट्रिय वायुसेवा कम्पनी जर्जियन एयरवेजका संस्थापकले देशकी राष्ट्रपतिलाई आफ्नो विमान प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

    जर्जियाकी राष्ट्रपति सलोमे जोराबिचभिलीले रुसका लागि उडान पुनः सुरु गरेमा आफूले एयर लाइन्सलाई बहिष्कार गर्ने बताएकी थिइन्। रुसले यहि महिना जर्जियासँग सीधा उडानहरूमा चार वर्ष पुरानो प्रतिबन्ध हटाइरहेको छ।

    रुसले जर्जियालीहरूका लागि रुस भ्रमण गर्ने दशकौं पुरानो भिसा आवश्यकता पनि खारेज गर्ने घोषणा गरेको छ।जर्जियाका राष्ट्रपति सलोमे जोराबिचभिलीले जर्जियाली अधिकारीहरूलाई रुसी पहललाई विफल पार्न आग्रह गरेकि थिइन्।

    निजी स्वामित्वमा रहेको जर्जियन एयरवेजले जोराबिचभिली अब पर्सोना नन ग्राटा(अस्वीकार्य व्यक्ति)भएको बताएको छ।उनले जर्जियाली जनतासँग माफी नमागेसम्म प्रतिबन्ध कायम रहने छ। यद्यपि जर्जियाली अधिकारीहरूले उडानहरू पुनः सुरु गर्ने निर्णयको भने स्वागत गरेका छन्।


    मंगलवार, जेठ ९ २०८००५:००:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij