Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पछिल्लो दुई महिनामा चिनीको आयात ह्वात्तै बढ्यो

पछिल्लो दुई महिनामा चिनीको आयात ह्वात्तै बढ्यो

  • शुक्रवार, आश्विन ९ २०७७

  • 988
    SHARES

  • पछिल्लो दुई महिनामा चिनीको आयात ह्वात्तै बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा चिनीको आयात ह्वात्तै बढेको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको जनाएको छ।
    गत वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएको थियो।

    नेपालमा वाषिर्क २२ करोड ६७ लाख किलो चिनी खपत हने अनुमान गरिन्छ । भन्सारको आयात तथ्यांकअनुसार झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीहरुले चालु आवको दुई महिनामै भित्र्याएका छन्।

    नेपाली उत्पादकले उत्पादन गरेको र सहुलियतमा सरकारले वितरण गर्ने चिनीको मौज्दात रित्तिएसँगै चिनीको आयात बढेको हो । चिनी व्यापारीको भर परेर अर्थमन्त्रालयले समयमै सहुलियतको चिनी खरिद गर्ने सहमति नदिँदा बजारमा अहिले सहुलियतको चिनीको हाहाकार छ ।
    खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टट्रेडिङले ७२ रुपैयाँ किलोमा बिक्री गर्ने चिनी सकिएपछि चिनीको खुद्रा मूल्य एक सय रुपैयाँ हाराहारी पुगेको छ । आयात बढेपनि चिनीको मूल्य नघट्दा व्यापारीको नाफा बढेको छ भने अझ लामो समयलाई मौज्दात हुनेगरी चिनीको आयात हुँदा स्वदेशी चिनी नबिक्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ।

    नेपाली उत्पादकले वर्षिक एक लाख ७० हजार मेट्रिकटन हाराहारी मात्रै चिनी उत्पादन गर्ने गरेका छन्। साल्ट ट्रेडिङ र खाद्यले खरिद गर्ने सहुलियतको चिनी अझै आई सकेको छैन्।


    शुक्रवार, आश्विन ९ २०७७०१:५५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij