Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने ?

मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने ?

  • सोमवार, जेठ ८ २०८०

  • 386
    SHARES

  • मान्छेले लडेको युद्धलाई जनयुद्ध नभनेर के भन्ने ?

    काठमाडौं । नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसदबाटै जवाफ फर्काउनु भएको छ।

    सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सोमबार एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाउनुभएको थियो ।

    भट्टराईपछि संसदमा आफ्नो धारणा राखेका पौडेलले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गर्नुभयो। ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ?’ पौडेलले भट्टराईलाई भन्न्ुभयो, ‘माननीय डिक्सनरीजी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरु लडेका युद्ध थियो ।’

    नेता पौडेलले भट्टराईलाई बृहत शान्ति सम्झौता बिर्सनुभयो भन्ने प्रश्न पनि गर्नुभयो । नेपाली जनतालाई सार्वभौम बनाउन र संविधानसभाबाट संविधान बनाउन जनयुद्ध लडिएको भन्दै पौडेलले जनयुद्धकै कारण एकात्मक राजतन्त्र अन्त्य भएर संघीय गणतन्त्र प्राप्त भएको दाबी गर्नुभयो ।


    सोमवार, जेठ ८ २०८००१:१८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij