Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

आगामी बजेट यथार्थपरक आउने संकेत देखियो : डा.चिरञ्जीवी नेपाल

आगामी बजेट यथार्थपरक आउने संकेत देखियो : डा.चिरञ्जीवी नेपाल

  • शनिवार, जेठ ६ २०८०

  • 478
    SHARES

  • आगामी बजेट यथार्थपरक आउने संकेत देखियो :  डा.चिरञ्जीवी नेपाल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले आगामी बजेट यथार्थपरक आउने संकेत देखिएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरसमेत रहनुभएका नेपालले राजस्वको स्थिति कमजोर भएकाले सानो आकारको बजेट आउने संकेत गरेकोले पनि आगामी बजेट यथार्थपरक आउने सम्भावना रहेको स्पष्ट पार्नुभयो ।


    नीति तथा कार्यक्रमले नयाँ र ठूलठूला कार्यक्रम घोषणा गर्ने भन्दा पनि पुरानै कार्यक्रमको निरन्तरता दिने भनिनु सकारात्मक रहेको उहाँको भनाइ छ ।

    यस्तै जति राम्रो नीति तथा कार्यक्रम आए पनि प्रतिपक्षले कर्मकाण्डी भन्ने चलनै भइसकेको पनि उहाँले बताउनुभयो । जनता र निजी क्षेत्रको माग अनुसार नै नीति तथा कार्यक्रम आएकोले आफूले १० मा ९ नम्बर दिने नेपालले बताउनुभयो ।

    तामझामविहीन सवारीले रामचन्द्र पौडेल जनताको राष्ट्रपति हुन खोजेको देखिएको पनि उहाँले दावी गर्नुभयो ।


    शनिवार, जेठ ६ २०८०१०:१५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij