Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

  • शुक्रवार, आश्विन ९ २०७७

  • 816
    SHARES

  • बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

    बाँके। बाँकेमा कोरोना संक्रमणबाट आज बिहानै थप एकजना पुरुषको मृत्यु भएको छ।

    निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका(३ एक्लैनीका ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभएको छ । स्वासप्रस्वासमा समस्या भएपछि ती पुरुषलाई ६ असोज राति भर्ना गरिएको थियो।

    बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। रासस

     


    शुक्रवार, आश्विन ९ २०७७०९:१९:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij