बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । गयराति भएको फाइनलमा बायार लेवरकुसनलाई ४(२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।
यससँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो । जर्मन कपको उपाधि २० पटक जित्ने बायर्न एक्लो टिम हो ।
यसैविच , प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध सहज जित निकालेको छ । गयराति चेल्सीले वाटफोर्डलाई ३–० ले हराएको हो ।
जितसंगै चेल्सीले च्याम्पियन्स लिग छनोटको यात्रालाई सहज बनाएको छ ।
यद्धपी म्यान्चेष्टर युनाईटेडले शीर्ष चारको दौडमा लण्डन क्लबमाथि दबाब कायम राखेको छ ।