Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मन्त्रालयलाई डा.चन्द्र भण्डारीको फोन "मेरो जिल्लाको बजेट के हुँदै छ" ?

मन्त्रालयलाई डा.चन्द्र भण्डारीको फोन "मेरो जिल्लाको बजेट के हुँदै छ" ?

  • मंगलवार, जेठ २ २०८०

  • 1.1K
    SHARES

  • मन्त्रालयलाई डा.चन्द्र भण्डारीको फोन "मेरो जिल्लाको बजेट के हुँदै छ" ?

    नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारी अहिले पनि उपचारकै क्रममा छन । भारतमा लामो समय उपचार गरेर केही दिन अगाडि नेपाल आएर एक हप्ता अस्पताल बसेका उनी अहिले साथीको घरमा बसिरहेका छन । आमाको देहान्त पछि पहिले आफू बसिरहेको भाईको घर जान मनले नमानेको भन्दै उनले भाडामा अर्कै घर खोज्न अर्हाएका थिए ।

    भाडाको घर खोज्न हिंडेका उनका सहयोगी र आफन्तका अनुसार सुरुमा त उनको नाम सुन्ने बित्तिकै "मान्छे त सार्है असल हुन, यत्तिको नेतालाई घर दिदैनौं भन्न भएन तर पहिला पनि खै कस्ले बिस्फोट गराएको हो , हाम्रो घरमा पनि के भर" भन्दै घर दिनै मानेनन् । अहिले जेनतेन बत्तिसपुतलीमा रहेको आफ्नै नजिकका साथीको घरमा बसेका छन ।

    शनिबार उनलाई भेट्न गुल्मी रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी,चर्चित पत्रकार मोहन बस्नेत लगायत उनको घरमा पुगे । डा. भण्डारी आफ्ना सहयोगीको सहयोगमा फोनमा कुरा गर्दै थिए । "मेरो जिल्लाको त्यो मैले भनेको पुलको काम के हुँदै छ ? म आउन अहिले नसक्ने अवस्थामा छु, नछुटाईदिनुस है " उनले सायद मन्त्रालयको सचिव संग कुरा गर्दै थिए । उनले फरक फरक ब्यक्ती संग फोनमा कुरा गर्दै पुल, बाटो, खानेपानी, भवनको बारेमा बजेटको कुरा गर्दै गरेको देख्यौं । तर उनले आफ्नो हातले फोन भने छोप्न नमिल्ने रहेछ । सहयोगीले फोन लगाईदिन्छन, लाउड स्पिकर बनाईदिन्छन अनि बल्ल डा. भण्डारी फोनमा बोल्न थाल्छन । मुखमा मास्क, सेतो सर्ट, पातलो सेतो लुङ्गी, र बेलुन चप्पल लगाएका उनको हात र खुट्टामा अझै पनि रातो पट्टि बाँधिएकै छन ।

    आफुलाई भेट्न् पुग्ने सबैलाई उनले देश, जिल्ला, टोल र परिवारको बारेमा सोध्छन, कतिबेला गुल्मी पुगौं भएको छ भन्छन, पछिल्लो राजनैतिक अवस्थाका बारेमा कुरा गर्दै जाँदा भ्रष्टाचारी त जुन दलको भएपनी उम्कनै हुँदैन के भन्दै अलि ठूलो आवाज बनाउन खोज्छन ।

    आफुलाई पोलेर छटपटिएका छन, सरिरमा आगोले पोलेका फोकाहरु अहिले पनि फुट्छन तर उनले जिल्लाको चिन्ता गर्दै गरेको देखेपछी पत्रकार मोहन बस्नेतले हामी संग भने "यस्ता पनि नेता छन है ?"

    दुर्घटना लगत्तै नेशनल बर्न अस्पताल पुर्याईएका उनलाई अस्पतालले भारत जान सुझाईएका उनले सुरुमै बरु मेरै देशमा मर्छु विदेश जान्न भनेको स्मरण गर्दै पत्रकार बस्नेतले भने "यत्तिको नेता सबै भए देश बन्न बेर लाग्दैन थियो, तर के गर्नु असल नियत भएकालाई नेपालमा बाँच्नै गारो छ" ।

    शरिरमा ईन्फेक्सनको डरले उनी कसैसंग नजिक बाट भेट्दैनन,सबैले मास्क लगाउनै पर्ने अनिवार्य गरिएको छ । डा. भण्डारीका अनुसार अझै एक महिना ईन्फेक्सनको जोखिम छ । डाक्टरका अनुसार उनलाई सामान्य अवस्थामा फर्कन अझै ६ महिना लाग्छ ।


    मंगलवार, जेठ २ २०८००८:४७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij