Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

वीर अस्पतालको सिष्टम डाउन, ओपीडी अस्तव्यस्त

वीर अस्पतालको सिष्टम डाउन, ओपीडी अस्तव्यस्त

  • सोमवार, जेठ १ २०८०

  • 411
    SHARES

  • वीर अस्पतालको सिष्टम डाउन, ओपीडी अस्तव्यस्त

    काठमाडौं। वीर अस्पतालको अनलाइन सिष्टममा समस्या आएपछि ओपीडी टिकट काउण्टर अस्तव्यस्त बनेको छ। आधा घण्टाअघि सिष्टमले काम नगरेपछि अनलाइनमार्फत् हुने काम रोकिएका छन् ।

    अस्पतालका प्रशासन प्रमुख सागर मिश्रले विद्युत् सेवा काटिएको र जेनेरेटरले तत्काल काम नगरेपछि समस्या आएको जानकारी दिनुभयो ।

    अनलाइन माध्यमबाट काम नभएपछि ओपीडीमा आउने बिरामीलाई कार्डमा विवरण नराखी सम्बन्धित ओपीडीको छाप लगाउँदै पठाउँदै गरिएको छ। वीरमा यसअघि गतवर्ष जेठमा पनि सर्भर डाउन हुँदा दुई दिनसम्म सेवा प्रभावित भएको थियो ।


    सोमवार, जेठ १ २०८०१२:३६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij