Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राप्रपा केन्द्रीय समिति बैठक आज बस्दै

राप्रपा केन्द्रीय समिति बैठक आज बस्दै

  • सोमवार, जेठ १ २०८०

  • 614
    SHARES

  • राप्रपा केन्द्रीय समिति बैठक आज बस्दै
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजबाट सुरु हुँदैछ । काठमाडौंको धुम्बाराहीमा आजबाट सुरु हुने राप्रपाको केन्द्रीय समिति बैठक जेठ ३ सम्म चल्नेछ  ।
     
    बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० मा सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका साङ्गठनिक गतिविधिसहितको रिपोर्टिङ तथा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिनेछ । 
     
    अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।
     
    बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफ्नो धारणा बनाउने जनाइएको छ । गत वैशाख ३०– ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै बैठक आजका लागि सारिएको थियो । 
     


    सोमवार, जेठ १ २०८००७:२६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij