Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा हल्का वर्षा

पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा हल्का वर्षा

  • आइतवार, बैशाख ३१ २०८०

  • 694
    SHARES

  • पश्चिमी वायुको प्रभावले  देशका केही स्थानमा हल्का वर्षा

    काठमाडौं। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ।
    ’पश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा छिटफुट वर्षाको सम्भावना छ’, महाशाखाका मौसमविद् समीर श्रेष्ठले भन्न्ुभएको छ।

    काठमाडौँमा आज बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ। उपत्यकामा खण्डित रुपमा वर्षा भएको माशाखाले जनाएको छ।

    बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाकाले उल्लेख गरेको छ। मौसमविद् समीर श्रेष्ठले नेपालमा मोखा चक्रवातको कुनैपनि प्रभाव नरहेको बताउनुभयो।

    उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको महाशाखाले जनाएको छ।


    आइतवार, बैशाख ३१ २०८००१:४०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij